गोर्खा अनलाइन रेडियो यूके,
भारतीय वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि कन्ट्रासेप्टिभ अर्थात् गर्भनिरोधक इन्जेक्सन विकसित गरेका छन् । जसका कारण पुरुषलाई अब गर्भनिरोधका लागि नसाको शल्यक्रिया नगरी एक इन्जेक्सनले नै गर्भ निरोधकको काम गर्नेछ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरले उक्त इन्जेक्सनको परीक्षण गरी त्यहाँको स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पनि बुझाइसकेको छ । चाँडै नै यो इन्जेक्सनलाई स्वीकृति मिल्ने बताइएको छ । आईसीएमआरका वैज्ञानिक डाक्टर आरएस शर्माका अनुसार उनको समूहले तयार पारेको रिभर्सिबल इनबिसन अफ स्पर्म अन्डर गाइडेन्स (आरआईएकयूजी) एकप्रकारको गर्भनिरोधक इन्जेक्सन हो । यो इन्जेक्सनको सफलताको दर ९५ प्रतिशतभन्दा बढी भएको र यसले करीब १३ वर्ष काम गर्ने बताइएको छ । डाक्टर शर्माले भने, ‘हामीसँग १३ वर्षको रेकर्ड छ, यसले त्योभन्दा पनि बढी समय काम गर्ने हाम्रो आशा छ ।’
इन्जेक्सनले यसरी काम गर्छ ?
डा. शर्माका अनुसार आईआईटी खड्गपुरका वैज्ञानिक डाक्टर एसके गुहाले यो इन्जेक्सनमा प्रयोग हुने ड्रगको खोजी गरेका हुन् । यो एक प्रकारको सिन्थेटिक पोलिमर हो । शल्यक्रिया गर्दा जुन नसा काटेर उपचार गरिन्छ, यो प्रक्रियामा तिनै दुई नसामा इन्जेक्सन लगाइन्छ जसबाट वीर्य प्रवाह हुन्छ । त्यसैले यो प्रक्रियामा दुवै नसालाई एकएक इन्जेक्सन दिइन्छ । ६० एमएलको एक डोज हुन्छ ।
इन्जेक्सन लगाइसकेपछि यसले वीर्यमा नेगेटिभ चार्ज भई र वीर्य छुट्टिन थाल्छ । यसपछि गर्भ रहने सम्भावना हुँदैन । मुसा, खरायो र अन्य जनावरमा परीक्षण सफल भइसकेपछि मानिसमा यसको परीक्षण गरिएको हो । ३०३ जनामा गरिएको प्रयोगको पहिलो र दोस्रो अवस्था पार भइसकेको छ । यस इन्जेक्सनमा टक्सिसिटीमा विशेष ध्यान दिइएको छ । यस इन्जेक्सनले जिनोटक्सिसिटी र नेफ्रोटक्सिसिटी लगायत असर वीर्यमा पार्ने डा। शर्माले बताए । यो औषधिको ९७।३ प्रतिशत औषधि एक्टिभ पाइयो भने ९९।२ प्रतिशत गर्भ रोक्न यो सफल भएको पाइयो । यो परीक्षणको प्रतिवेदन स्वास्थ्य मन्त्रालय र ड्रग कन्ट्रोलर अफ इन्डियालाई सुम्पिएको शर्माले बताए । शर्माले भने, ‘अब हामी एक कदम अझै अगाडि बढ्ने कोसिसमा छौं ।’ डा। शर्माका अनुसार उनको समूहले वीर्य पुनः सक्रिय बनाउन सकिन्छ कि सकिँदैन भनी त्यसको अनुसन्धान गर्न सुरु गरिएको छ ।
फोटो अनलाइन





