Breaking News
Home > Blog > तरुलको मूल्य सस्तियो

तरुलको मूल्य सस्तियो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ।

माग भन्दाबढी तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो। माघ संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ।

यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए। गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको छ।

स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए। व्यापारीहरुले फेरी स्टक रहने डरले पनि तरुलको मूल्य बढाउन नचाहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढि प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ। त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्ति पाईले तरुल बढिमा १ सय २० रुपैयाँमा बिक्री भईरहेको छ। गत वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँ भन्दा बढिमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए। बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ।

यो वर्ष सबैभन्दाबढी तरुल सर्लाही जिल्लाबाट काठमाडौ भित्रिएको छ। कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिडाँलू १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ। सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भित्रयाइएको हो।

हरेक वर्ष पुस महिनामा सबैभन्दा बढि तरुल विक्री हुने गर्दछ। माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको विक्री अत्याधिक हुने गरेको हो। माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ। माघ संक्रान्तिमा तरुल खाएपछि चिसो आफै हटेर जाने जनविश्वास पनि रही आएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1