सूर्यविनायकमा अन्तर्राष्ट्रिय रङ्गशाला र चिडियाखाना बन्ने

भक्तपुर। प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गरेका छन्।

सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उनले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताए।

पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख गर्दै यो नगरलाई धार्मिक परिपथ एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए।

“यातायातको सहज पहुँच हुनेगरी सडक विस्तार गर्ने, झोलुङ्गे पुलदेखि सुरुङ मार्ग एंव मानव निर्मित तलाउसम्मको निर्माण गर्ने र अन्तर्राष्ट्रिय रङ्गशालादेखि प्राणी उद्यानसम्म सूर्यविनायकमै निर्माण हुन लागेकाले यस क्षेत्रको मुहार चाँडै फेरिन्छ”, उनले भने।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ‘समृद्ध सूर्यविनायक, सुखी नगरवासीको’ नारा सार्वजनिक गर्दै नगरपालिकाको तेस्रो नगर सभामा तय गरिएको ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने दृष्टिलाई साकार बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गरे।

उनले पूर्वाधारको विकासमार्फत पहुँच अभिवृद्धि, सामाजिक विकासमार्फत समाजको रुपान्तरण, आर्थिक समृद्धि, वातारवण संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास, प्रभावकारी न्याय सम्पादन, आन्तरिक राजश्वको सुदृढीकरणलगायत रणनीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित