Breaking News
Home > Blog > सञ्चारकर्मी रोशनीको सृजनामा मौसम र सविताको सालैजो गीत सार्वजनिक,

सञ्चारकर्मी रोशनीको सृजनामा मौसम र सविताको सालैजो गीत सार्वजनिक,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

“देखा भेटै नभा धेरै भो सानु सालैजु गन त कति भो, यो मनको कुरा खोल्दिन्छु आज सालैजु अब त अति भो”

सञ्चारकर्मी किस्ना आचार्य रोशनीको शब्दले सजिएको गुरुङ संस्कृतिमा आधारित सालैजु भाकाको “यो मनको कुरा” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र नवज्योती भिजन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ । यस गीतमा गायक मौसम गुरुङ र गायिका सविता गुरुङको आवाज रहेको छ ।

शर्मिला गुरुङ्गको लय रहेको उक्त गीतमा नेशल घर्ती मगर र नमिता गुरुङ्गको अभिनय रहेको छ । रबिन गुरुङको निर्देशन तथा याम गुरुङको कोरियोग्राफी रहरको यस गीतको म्यूजिक भीडीयोमा खेमराज मगरको छायांकन भने मेख बहादुर थापाको सम्पादन रहेको छ ।

‘यो मनको कुरा’ बोलको गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1