शम्भु र घायलश्रीले सुनाए म्याग्दीलाई रचना

सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा शम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ ।

कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए । उनीहरुले दीदी, आमा, ससुराली, प्राकृतिक शिखरको कृत्रिम चुरी, झोला, म यसपटक भोट हाल्दिन आमा लगायतका शिर्षकमा रहेका कविता, गजल र मुक्तक बाचन गरेका थिए ।
स्याङ्जाका मुक्तककार मिलन समीर र म्याग्दीका गजलकार शङ्कर चोखालसमेतले रचना सुनाएको उक्त कार्यक्रमको उद्घाटन ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले गरेका थिए । समाज परिवर्तनको लागि साहित्यजस्तै सबै विधाको सहकार्य र सहयोगले मात्र सबैको अस्तित्व रहने उनले बताए । मोरङकी मुक्तककार सन्ध्या सापकोटाले कवि शम्भुको बारेमा परिचय गराउदै कविभित्र हुने सम्पूर्ण गुण उनमा रहेको बताइन । त्यसैगरी समीक्षक गङगा बानियाँले घायलश्री एक सिर्जनशील लेखक भएको बताइन् । म्याग्दीको बेनीको क्याम्पसचोक स्थित पुन होटेल एण्ड नान हाउसको सभाहलमा सम्पन्न कार्यक्रममा मोरङ, पोखरा, स्याङ्जा, बागलुङ, पर्वतबाट पनि कार्यक्रमका लागि उपस्थित भएका थिए । म्याग्दी साहित्य संचारका संरक्षक चन्द्रबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष हीरा संघर्षले र संचालन सचिव सन्दिप खत्री लेगरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित