गुल्मी । अर्घाखाँची जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहीबार जिल्लाको अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिका ७ देउरालीमा लु १ ज १७६८ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका ५ बस्ने फूर्सिदेवी बर्नेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाइएको छ ।
अन्य घाइतेहरुको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । दुर्घटना स्थल गुल्मी सदरमुकाम तम्घास नजिकै पर्छ ।
अनलाइन खबर





