शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चरा गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि चरा गणनाको कार्य शुरु गरिएको छ । चरा गणनाका लागि १५ जनाको टोली परिचालन गरिएको छ । निकुञ्जभित्रको वन क्षेत्र, तालतलैया, सिमसार क्षेत्र, खोला, नदी र घाँसे मैदानमा चराको गणना हुन लागेको हो ।

निकुञ्जमा परिणत भएपछि पहिलोपटक हुन लागेको चरा गणनाको कार्य निकुञ्जको पूर्वी सेक्टरबाट शुरु गरिएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताए ।

“पहिलो चरणमा पूर्वी सेक्टरका कालीकिच, चौधर नदी, हिरापुरफाँटा, बेलडाँडी वन क्षेत्र, ताराताल, सनबोरा, स्याली नदी नजिकका क्षेत्रमा गणनको कार्य हुनेछ”, उनले भने, “निकुञ्जलाई पाँच वटा भागमा विभाजन गरी तीन÷तीन जनाको समूहमा रहेका गणकले दुई दिन लगाएर चराको गणना गर्नेछन् ।” निकुञ्जमा चरा गणना एक सातासम्म जारी रहनेछ ।

त्यसपछि सोही टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, सिकारी ताल, रानीताल, सलगौँडीताल, बाबा ताललगायतका ताल र सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको गणना गर्नेछ । चरा गणनाका लागि वाइनाकुलर र विशेष प्रकारको क्यामेराको प्रयोग भइरहेको अधिकृत पौडेलले बताए।

यस कार्यमा निकुञ्ज, राष्ट्रिय प्रकृति कोष, नेपाल पक्षी विद्वान सङ्घ, कोशीटप्पु पक्षी समाज, नेचर गाइड र हिमाल नेचर जेडएसएल नेपाललगायतका संस्थाका प्रतिनिधि संलग्न छन् । गणनासँगै बासस्थान, आहारा र अवस्थाकाबारे अनुसन्धान गरिने बताइएको छ ।

सन् २०१२ पछि दोस्रो पटक निकुञ्जमा चरा गणना हुन लागेको हो । नेपालमा चरा गणना सन् १९८७ देखि शुरु भएको हो । नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा मात्र ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुलर्भ प्रजातिका रहेको निकुञ्जले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित