गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । रेडिङ स्थित एक अदालतले युवालाई बलात्कार गरेको अभियोगमा एक नेपालीलाई १३ वर्षको सजाय दिएको छ । रेडिङ क्रोनिकल अनलाइन प्रोटलले शुक्रवार प्रकाशन गरेको समाचार अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी ’ भएका २२ वर्षीय एक युवकमाथि यौन हिंसा गरेको ठहर गरेको हो । डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी हुन तर सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन्।
पिडीत युवाको परिचय भने भने सो समाचारमा खुलाइएको छैन ।
उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ । लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको वताएको छ ।





