हाँस्य कलाकार दीपक सुटिङको क्रममा घाइते खुट्टामा चोट

काठमाण्डौ – राजु मास्टर तथा बल्छी ध्रुवे निर्देशित हाँस्य टेलिसिरियल मेरी बास्सैका कलाकार दीपक शर्मा घाइते भएका छन् । आज बेलुका ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको भाग ५८४ को सुटिङको लागि गएका दीपक सुटिङ गर्दागर्दै लडेर आइतबार दिउँसो घाइते भएको निर्देशक द्वयले जानकारी दिए ।
आफ्नो सिन सुटिङ गर्ने बेलामा माथिबाट झर्ने क्रममा खुट्टा फर्केर दायाँ खुट्टामा चोट लागेको दीपक शर्माले बताए । घाइते भएपछि केही बेर सुटिङ स्थगित गरिएको थियो । उनलाई प्राथमिक उपचार गरी सुटिङ सम्पन्न गरेपछि व्यवस्थापन पक्षले अस्पताल पुर्याएको थियो । अहिले भने उनको अवस्था सामान्य रहेको व्यवस्थापक लेखान्त भूषाल (घिरौँले) ले जानकारी दिए । उनको शिघ्र स्वास्थ्य लाभको कामना ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित