नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वाइड बडी जहाज खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारले कानुनविपरित समिति गठन गरेको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं महानगर २६ वडाले शनिबार गरेको कार्यक्रममा नेता सिंहले भने, ‘संसदीय समितिले प्रतिवेदन नै नबुझाइ आत्तिएर सरकारले नयाँ समिति गठन गर्यो, यो कानुनविपरित छ।’
वाइडबडी जहाज खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने उनले बताए।
‘सरकारले समिति बनाएर छानबिन गर्ने होइन,’ उनले भने।
कानुनविपरित रातारात समिति गठन गरेकोमा उनले रोष प्रकट गरे।
दुई तिहाइको बलमा सरकारले संविधान, कानुन लत्याएर अघि बढेको सिंहले बताए।
‘रेशम चौधरीलाई किन सपथ खुवाइयो?,’ उनले प्रश्न गरे, ‘राजनीतिक फाइदाका लागि कानुन मिच्ने?’ सरकारले कानुनविपरित गतिविधि गरेकोले विश्वसनियता गुमाउँदै गएको दाबी उनको छ।
सेतोपाटी





