धनगढी । कैलाली जिल्लाका कतिपय स्थानीय तहबीच देखिएको सिमाना विवादको समाधानका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा आज यहाँ छलफल गरिएको छ।
विवाद देखिएका स्थानीय तहका प्रमुख र जनप्रतिनिधिको सहभागिता रहेको छलफलमा उहाँले आपसी समन्वय एवं समझदारी बनाएर देखिएका सीमा विवाद समाधान खोज्न निर्देशन दिए।
छलफलमा आगामी दिनमा आ–आफ्नो स्थानीय तहको सिमाना यकिन गर्न सम्बन्धित विज्ञको सहयोगमा नापनक्सा भिडाएर अगाडि बढ्ने समझदारी भएको छलफलमा सहभागी गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले बताए।
प्राकृतिक साधनस्रोत उपयोग गर्ने सवालमा कतिपय क्षेत्रमा स्थानीय तहका बीच सीमा विवाद बढेको देखिएको उनले बताए। खासगरी नदी तथा खोलाबाट बालुवा, ढुङ्गा गिट्टीको सङ्कलनमा आपसमा विवाद सिर्जना देखिन थालेकाले समस्या समाधानका लागि छलफल आरम्भ गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए।
गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका, लम्कीचुहा र मोहन्यालबीच सीमाका सन्दर्भमा विवाद देखिएको छ ।
डिसी नेपाल





