सत्र वर्षपछि पक्राउ

काठमाडौँ । अपराधी कहीँ गए पनि लुक्न सक्दैनन् भन्ने उदाहरण पेश गर्दै नेपाल प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रेपलाञ्चोक जिल्ला साविक खनालथोक गाविस–३ का ‘जीतेन्द्र’ भनिने ज्ञानेन्द्र श्रेष्ठलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी कानूनी दायरामा ल्याएको आज जानकारी दिएको छ ।

श्रेष्ठले विसं २०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका–३५ नाकारी टोलका विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार हुँदै आएका थिए । उनले व्यक्तिगत रिसिइबीका कारण हत्या गरेकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

आफ्नो वास्तविक परिचयसमेत लुकाइ नाम परिवर्तन गरी उनी फरार हुँदै आएकामा प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो । दुईदिन अघि पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित