हातेमालो साहित्य संगम बाग्लुङले सम्पन्न गर्यो स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम

हातेमालो साहित्य संगम बाग्लुङले सम्पन्न गर्यो स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम
बाग्लुङ – हातेमालो साहित्य संगमको सक्रिय शाखा बाग्लुङले शनिबार स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बाग्लुङ , पर्वत र म्याग्दी जिल्लाका स्रष्टाहरुको उपस्थिति रहेको थियो भने करिब दुई दर्जन स्रष्टाले आ–आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । साहित्यकार काजी रोशनको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्यकार धन प्रसाद पुन , पत्रकार तथा साहित्यकार राजेशचन्द्र राजभण्डारी ,म्याग्दीका घायलश्री ,हिरा संघर्ष , समीक्षक गंगा बानियाँ , सन्दिप रिजाल , लेखक तुलसीप्रसाद पाण्डेसमेतले रचना वाचन गरेका थिए ।कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार काजी रोशनले साहित्यमा लाग्न आँट ,साहस र आत्मबल हुनुपर्ने र त्यस्तो आँट ,साहस तथा आत्मबल हातेमालोका युवाहरुमा भएको बताउनुभयो । हातेमालो साहित्य संगम बाग्लुङका अध्यक्ष सरु पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पुन मगरको स्वागत मन्तव्य तथा सहसचिव दिनेश विकल्पको सञ्चालन रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष याम रोका मगरलाई मायाको चिनोस्वरुप गोल्डेन प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित