गोर्खा अनलाइन रेडियो यूके
प्रेम नै तेस्तो वोशय हो जो संसारमा सबै भन्दा बढी चर्चा हुने गर्दछ । प्रेमको विषयमा जति गीत, कविता, मिक्तक, गजल कुनै पनि विषयमा लेखिएका छैनन् । प्राय सबै कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम प्रसंगसँग जोडिएको हुन्छ । तर प्रेम के हो र यसको वास्तविक परिभाषा के हो भन्ने विषय भने अझै अपूरो नै छ । प्रेमको विषयमा सदियौं देखि खोज र अनुसन्धान हुँदै आइरहेको छ । तर अझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्न सकेको छैन ।
बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् । प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जन्तु जनावर बीचमा हुने गर्दछ । प्रेम के हो र प्रेम साचो हो कि झुट्टो हो भन्ने बारेमा कसरि थाहा पाउन सकिन्छ ? मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण एण्डार्फिन नामक हर्मोन हो । जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देश सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ, जसका कारण उसको आकृति मन मस्तिष्कमा अटल भएर बस्ने गर्दछ ।
हाम्रो शरीरमा विभिन्न रसायनहरु पनि माया प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै सेरोटोनिन मानिसक शान्ति दिने हुन्छ भने अक्सीटोसिनले उत्तेजना बढाउँछ । प्रेम एउटा अदभुत् अनुभव हो । मनोबैज्ञानिक अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्त दि निड हाइर्यार्की अर्थात अवश्यकता श्रृंखला अनुसार जव कुनै पनि ब्यक्तिको भौतिक अवश्यक्ता पुरा हुन्छ तव मात्र मायाँ प्रेम सम्बन्ध जस्ता कुराहरुको आवश्यक्ता पर्छ । यो नै प्रेमको मनोविज्ञान हो । त्यसैगरी प्रेमको त्रीकोणीय सिद्धान्त प्रतिपादन गर्ने मनोबैज्ञानिक रवर्ट स्टनवर्गका अनुसार आदर्श प्रेम त्योमात्र हुन्छ जहाँ आत्मीयता, प्रतिवद्धता र लगाव हुन्छ ।
यी तीन गुणले मात्र प्रेमलाई पूर्ण पार्ने उनको दावी छ । राजेश हमालले भनेका छन प्रेम मेरो लागि एउटा भावना हो, अनुभूति हो । यदि तपार्इंले आफ्नो हृदयमा कसैको लागि केही महसूस गर्नुहुन्छ भने त्यो नै प्रेम हो ।
सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=Cu9FCBhhtAI[/embedyt]





