गोर्खा अनलाइन रेडियो यूके,
नेपाल पत्रकार महासंघ यूकेका सदस्य तथा तमुधिँ यूकेका अध्यक्ष श्री ज्ञाम गुरुङकी आमा श्रीमती चिजा गुरुङको बिहीबार पोखरास्थित आफ्नै निवासस्थानमा निधन भएको छ । यस दुखद घडीमा श्रीमती गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खापक्गी मगरद्वारा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गरेका छन् । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुंगले आउँदो डिसेम्बर ३० तारिखका दिन आयोजना हुन लागेको फो ल्होछारको अवसरमा दशौँ कार्यसमितिका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई कार्यभार सुम्पिने कार्यक्रम रहेको थियो । गुरुङ बिहीवार नै नेपाल प्रस्थान गरिसकेका छन् ।





