गोर्खा अनलाइन रेडियो यूके,
एक जमानामा ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ जस्ता लोकप्रिय गीत मार्फत नेपाली लोक सांगीतिक क्षेत्रमा चिनिएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि बिरामी भएर घरमै थला पर्नुभएका लामिछाने पक्षाघात लगायत विभिन्न रोगले पीडित थिए स्व. लामिछानेका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
[embedyt] https://www.youtube.com/watch?v=3rL15j0WvlA[/embedyt]





