गोर्खा अनलाइन रेडियो यूके,
नेपाली सांगीतिक धरातलमा लामो समयदेखी निरन्तरता दिंदै आएका सुवास रेग्मीले नेपाली गीत संगीतको क्षेत्रमा हुने गतिविधीलाई उदांगो पार्दै “टिके” नामक गीतको म्यूजिक भीडियो सार्वजनिक गरेका छन् । एकनारायण भण्डारीको लय तथा शब्द सिर्जनामा रहेको उक्त गीतलाई सुवास रेग्मि स्वयंले स्वर दिएका हुन् । नेपाली सांगीतिक क्षेत्रमा हुने गरेका विकृतिलाई उदांगो पार्दै गीत मार्फत कडा व्यंग्य प्रहार गरिएको छ । राम्रो होइन हाम्रो र कामले होइन दामले चर्चा कमाउन र रातारात लोकप्रिय बन्ने सांगीतिक क्षेत्रको गतिविधिलाई गीत मार्फत ब्यक्त गर्न गीतकार एकनारायण भण्डारी सफल भएका छन् । पछिल्लो समयमा विशेषगरि लोक संस्कृतिक क्षेत्रमा हुने गरेका विकृतिलाई गीत मार्फत प्रहार गर्न खोजिएको छ ।
नेपाली सांगीत र सांगीतिक क्षेत्रमा लागेका कलाकारहरुको अवस्था देखि लिएर उनीहरुप्रति गरिने व्यबहार, यसबाट हुने आम्दानि लगायतका कुराहरुलाई समेटेर यस क्षेत्रमा लाग्नेहरुको पीडालाई गीत मार्फत प्रस्तुत गर्न खोजीएको छ । पैसाकै भरमा गीत संगीतले स्थान पाउने, राम्राले भन्दा हाम्राले मात्र विभिन्न क्षेत्रमा स्थान पाउने जस्ता वास्तविकतालाई यस गीतले प्रष्ट पार्न खोजेको छ । चर्चीत निर्देशक शंकर बिसीको निर्देशन, दुर्गा पौडेलको छायांकन तथा नबिन घर्ती मगरको सम्पादन रहेको उक्त गीतको म्यूजिक भिडियोमा रेग्मी आफैको अभिनय गरेका छन् । सुवास रेग्मी विन्दवासिनी म्यूजिक प्रा.लि तथा बिन्दवासिनी फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन् ।
गीतको पूरा म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=jQ_CvNFgOtw[/embedyt]





