गोर्खा अनलाइन रेडियो यूके
डा. गोविन्द केसीले आफ्नो १५ औं अनसन सम्म उठाउँदै आएको माग मध्ये एक हो काठमाडौं उपत्यका बाहिर दूरदराजमा मेडिकल शिक्षाको पहुँच पूर्याउने । तर उनले आफ्नो यही मागबाट पछि हट्दै देशका दूर दराजहरुमा समेत मेडिकल कलेज खोल्न नपाउने एकाएक नयाँ अडान निकालेका छन् । देश संघीय संरचनामा गईसकेको छ । समृद्धिको लक्ष्यमा देशलाई हिँडाउने राष्ट्रिय अभियानमा विकासका सबै पूर्वाधारहरुलाई खरायो गतिमा दौडाउनुपर्ने राज्यको आवश्यकता छ । तर संघीयताको मर्म विपरित र विकास विरोधी अभिव्यक्ति तथा गतिविधिले सिंगो देशको भविश्य अन्यौलमा परेको छ । विषय – चिकित्सा शिक्षाको हो । काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न नपाउनेडा. गोविन्द केसीको मागमा समर्थन देखिँदै आयो । यस्ले दूर दराजका क्षेत्रमा पनि जनताले चिकित्सा शिक्षामा पहुँच पाउन सकुन भन्ने मर्म बोकेकाले आम जनताको समर्थन पाउनु स्वभाविक थियो । तर सुरुदेखि आफ्नो पछिल्लो अनसनसम्मको मागलाई नै उल्टाउने गरी उपत्यका बाहिर पनि मेडिकल कलेज खोज्न नपाउने गरी तेस्राईएको नयाँ अडानले भने डा. केसीलाई नैआफ्नै मागको भारीले थिचेको छ ।
यसको स्पष्ट परिणाम यो छ की अब नेपालमा मेडिकल कलेज नै खोल्न बन्देज लगाईनेछ । यस्को असर स्वरुप विद्यार्थीहरुलाई आफ्नै देशभित्र पढेर डाक्टर बन्ने अवसरबाट राज्यले नै बञ्चित गराउने छ । पढ्न विदेशिन बाध्य जनशक्तिसंगै अरबौँ रकम समेत विदेशिनेछ । अन्तत: नेपालको मेडिकल शिक्षा र चिकित्सा क्षेत्र नै धरासयी बनाउने ग्राईन्ड डिजाईन सफल हुनेछ । काठमाडौं उपत्यकामा बाह्र वटा मेडिकल कलेजहरु छन् एउटै प्रदेश अन्तर्गत । यस अर्थमा काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न नपाउने र दूर दराजमा मेडिकल शिक्षा पुर्याउनु पर्ने केसीको मागलाई समर्थन गर्नेहरुका लागि भने एकाएक झड्का लागेको छ । कारण, दूर दराजसम्म मेडिकल शिक्षा पुर्याउनका लागि अनसन बसिरहेका डा. केसी नै एकाएक आफ्नै मागबाट पछि हटेका छन् । उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्न नदिने गरी आएको उनको नयाँ मागमा नेपाली जनतालाई मेडिकल शिक्षाको पहुँचबाट अलग्याउने स्वार्थ जोडिएको पाईन्छ, यो विषय राष्ट्रियता विरोधी समेत देखिन आएकाले खतरनाक देखिएको छ ।
सरकारसंगका आफ्नै सहमतीलाई उल्टाएर केसी मार्फत एक पछि अर्को बाधक अडान निकाल्न थालेपछि बन्दै गरेको चिकित्सा शिक्षा विध्येयक नै असफल बनाउने र नयाँ डिजाईनमा विदेशी तत्वको स्वार्थ अनुकुल देशको चिकित्सा र शिक्षा क्षेत्रलाई डामाडोल बनाउने खेल हाबी भईरहेको स्पष्ट भएको छ । यस्को मुखौटा – डा. गोविन्द केसीलाई बनाईएको छ । राज्यबाट नै खोल्नका लागि आशय पत्र लिएर अरबौं लगानी गरिसकेका देशका दूरदराजहरुमा मेडिकल कलेज चलाउन ईच्छुक देशकै नागरिकहरुको प्रयत्नलाई रोकेर अन्तराष्ट्रिय तत्वको देशलाई प्रयोगशाला बनाउने खेललाई परास्त गर्न आम जनता एकजुट हुनुको विकल्प छैन ।





