ए स्टारद्वारा सातौँ वार्सिकोत्सवको अवसर पारेर क्रिसमस तथा नयाँ वर्ष कार्यक्रम सम्पन्न

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्नो स्थापनाकालको सातौं वार्षिकोत्सव मनाएको छ । नेपालीद्वारा संचालित ए आइरहेको छ । आइतबार केन्टको आसफोर्डमा आयोजना गरिएको उक्त कार्यक्रममा वार्षिकोत्सवसंगै क्रिसमस र नयां वर्षको शुभकामना आदानप्रदान समेत गरियो । एसएनपी प्लस र ए स्टारले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा ए स्टारको सातौं वार्षिकोत्सवको खुशीयालीमा केक समेत काटिएको थियो । त्यसअवसरमा ए स्टारका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामीले आउंदो वर्ष ए स्टारको आसफोर्ड शाखाबाट हुने सम्पुर्ण व्यवसायको केहि प्रतिशत स्थानीय सगरमाथा नेप्लिज कम्युनिटीले खरिद गर्ने भवनको लागि सहयोग गर्ने घोषणा गरे । ‘हामीले जुन समुदायमा आफ्नो व्यवसाय गरिरहेका छौं, जुन समुदायबाट केहि पाइरहेका छौं, त्यहि समुदायलाई रिटर्नमा केहि दिनुपर्छ भनेर कोशिस गरिरहेका छौं’, दर्लामीले भने । सएनपी प्लसका निर्देशक तथा ट्याक्स एड्भाइजर समिर प्याकुरेलले आफुहरुले व्यवसायसंगै बेलायतको नेपाली समुदायको हितलाई समेत संगसंगै अघि बढाउन खोजेको बताए नेपालीहरुको सहयोगको लागि आफुहरु व्यवसायिक घेराबाट समेत माथि उठेर निशुल्क परामर्शहरु उपलब्ध गराउन तयार रहेको उनले जनाए । ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटीले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत ए स्टारले बेलायतका विभिन्न क्षेत्रस्थित नेपाली समुदायमा पुगेर गरेको वित्तीय चेतना कार्यक्रमहरुबारे जानकारी गराए । स्थापनाकालदखि नै ए स्टारले यहांको नेपाली समुदायसंग विभिन्न ढंगबाट सहकार्य गर्दै आएको बताउंदै उनले यसलाई निरन्तर गर्ने योजना सुनाए ।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, पूर्व काउन्सिलर धन गुरुङ, मगर संघ यूके अध्यक्ष नेम थापा मगर, पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमु धि यूके पूर्व अध्यक्ष सुबाससिं गुरुङ, बुद्धिजिवी शिवजी श्रेष्ठ, जनजाति महासंघ बेलायतका निवर्तमान अध्यक्ष तुल छन्त्याल तथा पूर्व अध्यक्ष श्री लिम्बू, सगरमाथा नेप्लिज कम्युनिटीका कावा अध्यक्ष कप्रसाद छन्त्याल, मेजर एकबहादुर गुरुङ, क्षेत्री समाज यूके पूर्व अध्यक्ष धन कुंवर, मगर बिजनेस फोरम यूके अध्यक्ष रत्न राना, आइएमई लन्डन निर्देशक कमल पौडेल, व्यवसायी फत्त थापा, बिएफबिएस रेडियोकी रुपा राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उनीहरुले ए स्टार र एसएनपी प्लसले आफ्नो व्यवसायिक प्रगतिका साथसाथै नेपाली समुदायको हितलाई पनि उत्तिकै महत्वका साथ अघि बढाएको भन्दै प्रशंसा पनि गरे । त्यसअवसरमा ए स्टारले कम्पनीका विभिन्न सहयोगी तथा लक्की ड्रबाट चयन भएका भाग्यमानी ग्राहकहरुलाई विभिन्न उपहारहरु वितरण गरेको थियो । कार्यक्रममा ए स्टार टीमकै एक सदस्य तथा नर्सिङ एशोसिएसन यूके महासचिव रस्मिता दर्लामीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सहभागी सबैजना डिजे डान्समा रमाएका थिए । कार्यक्रममा उपस्थित ग्राहक, शुभचिन्तक तथा समुदायका प्रतिनिधिहरुलाई ए स्टार फाइनान्सियल सोलुसन्सका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामी, मोर्गेज तथा प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटी, अफिस म्यानेजर कुमार गुरुङ, बिजनेस डेभलपमेन्ट म्यानेजर किशोर राना, एसएनपी प्लसका निर्देशक तथा ट्याक्स एड्भायजर समिरनाथ प्याकुरेल लगायतले एकमुष्ट रुपमा क्रिसमस र नयां वर्षको शुभकामना व्यक्त गरेका थिए ।
तस्विर : केके मुभिज, शिव भण्डारि

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित