गोर्खा अनलाइन रेडियो यूके,
हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो ।
भारतबाट आउँदै गरेको बीआर३८एच ६१४२ नम्बरको कार चेकजाचका क्रममा डिकीभित्र लुकाएर राखेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र फारबिसगञ्ज १६ की ५० वर्षीय सुशीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी गुप्ता व्यवसायीक हुण्डी करोवारी हुन् । उनले लामो समयदेखि विराटनगरका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।





