शिव मन्दिर अल्डरसटद्वारा धार्मिक महोत्सवको आयोजना गरिने

गोर्खा अनलाइन रेडियो यूके,
बाचस्पति रेग्मी ।
लण्डन। अल्डरसटमा रहेको शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बेलायत आउने भएका छन् । शीव मन्दिरमा हुने ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवमा भाग लिन उनि बेलायत आउन लागेका हुन् । आगामी जनवरीको ४ गते हुने महोत्सवमा बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी हुने शिव मन्दीर समितिका अध्यक्ष रोहित कुमार गुरुड्गले जनाए

जनवरी ४,५ र ६ गते ३ दिने हुने सो महोत्सवमा पोखरेलले बिशेष प्रवचन दिने भएका छन् ।
नेपाली समुदायको सक्रियतामा शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले किन्न लागेको सो मन्दिरमा राधना, भजन कृतन , मेडीटेसन योगा, आदि गर्न मिल्ने हलको समेत व्यवस्था गरीएको छ । भवन किन्नको लागि आर्थिक सहयोग संकलन गर्न स्थानीय हरी भट्टराइको संयोजकत्वमा पुजा समारोह समिति गठन गरिएको छ । सो समितिको महासचीव बिक्रम भट्टराई र कोषाध्यक्ष बाचस्पति रेग्मी रहेका छन् । यो महोत्सवमा सहभागी हुन् आयोजक संस्था शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले बेलायत स्थित नेपाली समुदायलाई अनुरोध गरेको छ ।

मन्दिर भवन खरीद र संचालनको लागि सामजसेवी रवी लामीछाने, सुर्य उपाध्याए, अध्यक्ष रोहित गुरुड्ग, उपाध्यक्ष गोपाल बिक र एनआरएन युकेका उपाध्यक्ष सेर बहादुर सुनार सक्रिय रुपमा लागि परेका छन् ।

मन्दिर वा महोत्सव वारेमा जानकारी लिनु परेमा सम्पर्क
१ . महोत्सव संयोजक: हरी भट्टराई – ०७७८६३२८७७६
२ . महासचिब : बिक्रम भट्टराई – ०७९१५०४६२०३
३ . कोषाध्यक्ष : बाचस्पति रेग्मी – ०७४२७०२२९३१

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित