गोर्खा अनलाइन रेडियो यूके,
नेपालमा निकै लोकप्रिय बन्न सफल नेपाल आइडल सिजन २ मा कञ्चलनपुरका रवि ओड विजेता बन्न सफल भएका छन् । इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको फाइनल कार्यक्रममा पोखराका बिक्रम बराल दोस्रो र झापाका सुमित पाठक तेस्रो भएका छन् । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । नेपाल आइडल सिजन २ को विजेता रविले ओडले २२ लाखको चेक र गोल्डेन माइक पाएका छन् भने आइडलको फ्रस्ट रनरअप बिक्रम बरालले २० लाखको चेक पाएका छन् । तेस्तैगरी सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । साथै नेपाल आइडलमा थर्ड रनर अफ भएकी झापाकी अस्मिता अधिकारीले होन्डाको तर्फबाट स्कुटर प्राप्त गरेकी छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । फोटो साभार अनलाइन
दोस्रो नेपाल आइडलमा रवि ओड विजयी
दोस्रो नेपाल आइडलमा रवि ओड विजयी
तपाईको प्रतिक्रिया





