गोर्खा अनलाइन रेडियो यूके,
अनु अधिकारी
काठमान्डौ पुस ६ , मोन्टेश्वरी किन्डरवोर्ल्ड सोल्टिमोडका विद्यार्थीहरुले हजुरबुबा हजुरआमा दिवस मनाएका छन् । कमै मात्रामा विद्यालयले आयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस प्ले ग्रुप देखि प्री टू सम्मका विद्यार्थीहरुद्धारा मोन्टेश्वोरी किन्डरवोर्ल्ड सोल्टिमोड्मा धूमधामका साथमनाइएको छ ।
उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई स्वागत तथा सम्मान गरेका थिए । मोन्टेश्वरी किन्डरवोर्ल्डका शिक्षिका तथा विद्यार्थीहरुले गीत संगीत र नृत्य गरेर मनोरंजन समेत गरेका थिए ।कार्यक्रमको सन्चालन प्री 2 का भाइबहिनीहरुले गरेका थिय।सो कार्यक्रममा स्वागत मन्तब्य सोही स्कुलका छात्र अनुभव सिग्देल र छात्रा इमारा बैधले गरेका थिए।।










