गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपाली सांगीतिक क्षेत्रमा दुई दशक भन्दा बढी समय बिताइ सकेका गायक नविन पौडेलले सुदुर पश्चिम क्षेत्रलाई समेट्ने गरि ‘सुदूरपश्चिम घर मेरो’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक गरेका छन् । उक्त म्यूजिक भीडीयोलाई सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा विमोचन गरेकी छन् । नविन पौडेल र सम्झना भण्डारीको स्वरले सजिएको उक्त गीतको शब्द सृजना दिग्गज धौरालीले गरेका हुन् भने नविन पौडेलको लय तथा केशव बडुको संगीता संयोजन रहेको छ । म्यूजिक भीडीयोमा नविन पौडेल र सम्झना भण्डारीको अभिनय रहेको छ ।
म्यूजिक भीडीयो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=MFOEsyPLuw4[/embedyt]





