गोर्खा अनलाइन रेडियो यूके,
नवौं सस्करणको बिन्दबासिनी अवार्ड २०७५ को सर्वोत्कृष्ट लोक गायकको अवार्ड लोकप्रिय गायक नविन पौडेलले हात पारेका छन् । वर्षभरिमा गीत संगीतको क्षेत्रमा उत्कृष्ट काम गरेवापत बिन्धवासिनी अवार्ड प्रदान गरिंदै आएको छ । “फुलेको तोरीलाइ बैँस आकी छोरीलाई जोगाउनै गाह्रो” बोलको गीत मार्फत गायक पौडेलले भूगर्व सिमेन्ट को सहकार्यमा आयोजित नवौं सस्करणको बिन्दबासिनी अवार्ड २०७५ मा सर्वोत्कृष्ट लोक गायकको रुपमा चयन भएका हुन् ।
निकै ब्यस्त अनि लोकप्रिय गायक नविन पौडेल करिब दुई दशक लामो समयदेखि सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय हुदै आएका छन् । उनले यसअघि पनि सगरमाथा म्यूजिक अवार्डमा “बाग्लुङ दरम खोला” बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्वोत्कृष्ट मौलिक गीत गायक को विधामा अवार्ड प्राप्त गरेका थिए । उनका ए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्ने भा, रातो डोरी, कपाल लर्केको, के सम्झना छर, जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायतका दर्जनौं गीतहरु दर्शक स्रोताहरुमाँझ लोकप्रिय रहेका छन ।
सुमधुर स्वरका अनि कर्णप्रिय आवाजका धनि गायक नविन पौडेल अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपाल का कार्यकारी सदस्य एवम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पूर्व केन्द्रिय सदस्य समेत हुन । स्वदेश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा सहभागी भइ लाखौँ दर्शक स्रोताहरुको मन जित्न सफल गायक नविन पौडेल स्टेज कार्यक्रममा पनि त्यत्तिकै जोडदार रुपमा प्रस्तुत हुने गर्दछन ।





