पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। डा. गिरीको मंगलबार विहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरी ९३ वर्षका थिए।

कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।

डा.गिरी राजाले शासन सत्ता हातमा लिएपछि बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भंग गरी पञ्चायती व्यवस्था लागू गरेपछि गिरी फस्र्ट मिनिस्टर हुँदै मन्त्रिपरिषदको उपाध्यक्ष बनाइएका थिए।

पछि गिरी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि गिरी पुनः मन्त्रिपरिषदको उपाध्यक्ष बनाइए।

उनी नेपालमा ‘पन्चायत ब्यवस्थाको जननी’ मनिन्छन्। र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति पनि गिरी नै हुन्। उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित