गोर्खा अनलाइन रेडियो यूके,
‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को सर्वाधिक ६५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लागेको अवार्डमा राष्ट्रिय भाव, तामाङ सेलो, मेहेंदोमाया, पप, लोकदोहोरी, पुर्बेली, काठे, दशैँगीत, डेउडा तथा आधुनिक विधा गरि कुल ६५ वटा विधामा अवार्ड हुने आयोजाकले बताएका छन् । गीतकार एवं मीडियाकर्मी दुर्गा पंगेनीको सृजना रहेको जोगाउनुछ कालापानी राष्ट्रिय भावनाले भरिएको र बाध्यतावस विदेशिन बाध्य नेपालीहरुलाई निरुत्साहित गर्न सफल गीत रहेको छ ।
लोकप्रिय गायक पशुपति शर्मा र गायिका कला पंगेनीको आवाजमा रहेको जोगाउनुछ कालापानी एपिक नेपाल म्यूजिक अवार्डको विभिन्न विधामध्ये राष्ट्रिय भाव अन्तर्गतको टप फाइभमा पर्न सफल भएको छ । उक्त गीतलाई भोट गर्नको लागि आफ्नो मोबाइलमा EMA space राखेर 004 टाइप गरि 38687 मा पठाउनको लागि गायिका कला पंगेनीले अनुरोध गरेकी छन् ।
६५ विधा अन्तर्गत उत्कृष्ट पांचमा पर्न सफल अन्य गीतहरुको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
जोगाउनुछ कालापानी ….
[embedyt] https://www.youtube.com/watch?v=LlMdN2Dpfzg[/embedyt]





