आगामी पुस २७ गतेदेखी बागलुङ जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवका लागि आवश्यक पुर्वाधार सहितको कामलाई तिब्र बनाईएको आयोजक सहारा क्लव कुश्मीशेराले जनाएको । महोत्सव आयोजना हुने सहारा खेल मैदान सम्म पुग्ने सडक निर्माणको काम, महोत्सव स्थल व्यवस्थापनको काम, प्रचार प्रसार, पत्रचार, आर्थिक संकलन लगायतका कामलाई तिव्रता दिईएको क्लवका सचिव दिलिप थापाले बताए । महोत्सवको मुख्य आर्कषणको रुपमा रहेका जैमिनीका स्थानिय झाँकीहरुको खोजि, स्थानिय कला र संकृतिको खोजि, कृषि तथा शैक्षिक प्रदशर्नीका लागि आवश्यक सबै तयारी भैरहेको थापाले जानकारी दिए । महोत्सवमा आयोजना हुने खुल्ला प्रथम मेयरकप भलिवल प्रतियोगिताका लागि बिभिन्न समुह तथा क्लवहरुलाई निमन्त्रणा गर्ने कामले समेत तिब्रता पाएको छ । झण्डै ३२ लाख रुपैयाँ खर्च गर्नेगरी आयोजना भएको महोत्सवमा सोही अनुसारको आम्दानी गर्ने लक्ष रहेको क्लवले जनाएको । पहिलो महोत्सव भएकाले नाफा घाटाको हिसा वगर्नेभन्दा धेरै जैमिनीको प्रचार प्रसार र पवद्र्धनमा ध्यान दिईएको क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । ऐतिहाँसीक रुपमा आयोजना हुँदै आएको माघेशक्रान्ति मेलालाई यस बर्ष प्रथम जैमिनी महोत्सवको रुपमा आयोजना गरीएको हो । महोत्सव सफलताका लागि आयोजकले जैमिनी नगर कार्यपालिका सहित नगरका सबै वडालाई समेटेर मुल आयोजक समिति बनाएको छ । १५ वटा उपसमिति बनाएर जिम्मेबारी बाँड फाँड गरी सबै काम अघि बढाईएको स्कलवका सदस्य नविन प्रताप जिसीले बताए ।
निःशुल्क स्वास्थ्य शिविर हुने आगामि पुस २७ गतेदेखी जिल्लाको जैमिनी नगरपालिका १ कुश्मीशेरामा सञ्चालन हुने प्रथम जैमिनी महोत्सवमा नि शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । महोत्सवमा आउने दर्शकहरुलाई स्वास्थय सेवा दिने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्ट नेपालले निःशुल्क स्वास्थय शिविर सञ्चालन गर्न लागेको हो । पुसको २७ गतेदेखी २९ गते सम्म बिभिन्न खालका रोगहरुको उपचार सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न ट्रष्टले आयोजक सँग अनुमति मागेको छ । तिन दिन सम्म बिहान ८ बजे देखी साँझ ५ बजे सम्म स्वास्थ्य जाँच र उपचार गर्ने वातावरण महयोत्सव मुल आयोजक समितिका सचिव दिलिप थापा मगरले जानकारी दिए । सामान्य स्वास्थ्य सेवा, आँखाको पावर जाँच तथा उपचार, दाँतको जाँच तथा उपचार, स्त्री रोग सम्बन्धि जाँच तथा उपचार, छाला सम्बन्धि जाँच तथा उपचार र निःशुल्क परामर्श स्वास्थ्य शिक्षा र औषधि वितरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । बिबिधि प्रतियोगितात्मक कार्यक्रमहरु रहेकाले सम्भावित दुर्घटनाका लागि समेत प्राथमीक उपचारमा सहयोग पुग्ने गरी शिविर सञ्चालन गर्न लागिएको ट्रष्टले जनाएको छ । महोत्सव हेर्न आउने दर्शकहरुलाई निःशुल्क उपचार सेवा दिईने भएकाले शिविर सञ्चालन हुने स्थानमा सम्पर्क गर्नेगरी आउन सबैमा आग्रह गरीएको मुल आयोजक समितिका संयोजक सुरेश सुनारले जानकारी दिए ।
प्रथम जैमिनी महोत्सवको तयारी तिब्र
प्रथम जैमिनी महोत्सवको तयारी तिब्र
तपाईको प्रतिक्रिया





