गोर्खा अनलाइन रेडियो यूके,
लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजना गरिएको छैठौ पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को नतिजा सार्वजनिक गरिएको छ । नेपाली लोकदोहोरी क्षेत्रामा आफ्नो छुट्टै पहिचान बनाउदै आएकी गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित भएकी छन् । उनलको तराई आगन हिमालको छानो छ…गीतको बोलले यो अवार्ड हात पार्न सफल भएको हो । लम्साललाई शनिवार काठमाडौँमा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो । सम्मान पछि लम्सालले खुशी ब्यक्त गर्दै शुभचिन्तक ,आफन्तजनहरुलाई धन्यवाद दिएकी छन् ।
लोक दोहोरी गीत क्षेत्रका चर्चित गायक गायिकाहरुबीच भएको यस प्रतिस्पर्धामा ५०% जुरी निर्णायकहरूको हातमा, ४०% जनताको भोटिँग द्वारा र १०% उपत्यका समन्वयद्वारा अन्तिम निर्णय प्रस्तुत गरिएको थियो । लोक साङितिक क्षेत्रकी एक प्रतिभाशाली गायिका कला लम्सालका आवाजमा रहेका थुप्रै गीतहरु बजारमा आएका छन् भने उनले देश विदेशका थुप्रै दर्शक स्रोताहरुको मन जित्न सफल भएकी छन् ।





