गोर्खा अनलाइन रेडियो यूके,
लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजना गरिएको छैठौ पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को नतिजा सार्वजनिक गरिएको छ । नेपाली लोकदोहोरी क्षेत्रामा आफ्नो छुट्टै पहिचान बनाउदै आएकी चर्चित गायिका देबी घर्ती मगर यस बर्षको पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को सर्बोत्कृष्ट गायिका बन्न सफल भएकी छन् । लोक दोहोरी गीत क्षेत्रका चर्चित गायक गायिकाहरुबीच भएको यस प्रतिस्पर्धामा ५०% जुरी निर्णायकहरूको हातमा, ४०% जनताको भोटिँग द्वारा र १०% उपत्यका समन्वयद्वारा अन्तिम निर्णय प्रस्तुत गरिएको थियो ।





