गोर्खा अन्लाइन रेडियो यूके,
लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजना गरिएको छैठौ पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को नतिजा सार्वजनिक गरिएको छ । नेपाली लोकदोहोरी क्षेत्रामा आफ्नो छुट्टै पहिचान बनाउदै आएका चर्चित लोक दोहोरी गायक खुमन अधिकारी यस बर्षको पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड २०७५ को सर्बोत्कृष्ट गायक बन्न सफल भएका छन् । तेस्तै गरि उत्कृष्ट गायिकामा लोक दोहोरी गायिका देबी घर्ती मगरले अवार्ड हात पार्न सफल भएकी छन् । लोक दोहोरीको क्षेत्रका चर्चित गायक गायिकाहरुबीच भएको यस प्रतिस्पर्धामा ५०% जुरी निर्णायकहरूको हातमा, ४०% जनताको भोटिँग द्वारा र १०% उपत्यका समन्वयद्वारा अन्तिम निर्णय प्रस्तुत गरिएको थियो ।
खुमन अधिकारीको “नभन न नाई नाई भनेर” बोलको गीतमार्फत उत्कृष्ट गायकको उपाधी पाएका खुमनले सोहि गीतमार्फत यसघि पनि राप्ती म्युजिक अवार्डमा पनि उत्कृष्ट गायकको अवार्ड हात पारिसकेका छन् । आफूलाई उत्कृष्ट गायकको अवार्ड हात परेपछि खुसि ब्यक्त गर्दै फेसबुकमार्फत आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन् ।
“खुमन अधिकारीको फेसबुकबाट”
गितसंगितको बाटोमा केहि खुशिहरु आउंदा म माथि अझै बढी जिम्मेवारी थपिएको महशुष गरेको छु , यसै क्रममा पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ मा उत्कृष्ट गायकको अवार्ड मेरो हातमा परेको छ, मैंले अवार्ड जित्नको लागि मेरो मात्र मेहनतले पुग्दैन , यसको लागि सम्पुर्ण आदर्णिय ब्यक्तित्वहरु , जुरी निर्णायक ज्यू हरु , आयोजक ज्यू हरु , मलाइ अवार्ड जिताउंनको लागि भोट गरिदिनुहुने सबै सबै प्रति आभारी छु आगामी दिनमा पनि यस्तै साथ दिनुहुनेछ भन्ने आशा राखेको छु ….. साथै नभनन नाइ नाइ भनेर गितका सम्पुर्ण टिमलाइ धेरै सम्झेको छु यहि गितबाट धेरै अवार्ड पाइरहेको छु ….. शिवदर्शन फिल्मस प्रा.लि मार्फत आएको गितबाट अवार्ड पाउंदा यस गितका सर्जक आदर्णिय दाजु मिन दर्लामीलाइ धेरै धेरै सम्झिएको छु दाइ अमेरीकामा रहेर पनि मलाइ मायां गरिरहनुभएको छ र यो मेरो खुशि हजुरको पनि खुशि हो दाइ यहि अाशा गरेको छु ……. miss you all……





