गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । लिभरपुलको द गोर्खा रेष्टुरेन्टमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आथित्यमा भएको गैर आवासीय नेपाली संघ यूकेको नर्थवेस्ट क्षेत्रीय समिति गठन गर्ने प्रयास स्थानीय नेपाली समुदायका अगुवाले बिरोध जनाएका कारण सफल हुन सकेन । ११ बजे सुरु हुने भनिएको कार्यक्रम २ बजे सुरु भए पछि भेलामा सहभागीहरुले असन्तुष्टी जनाएका थिए । उक्त भेलामा एनआरएन अभियन्ता दयानिधि सापकोटा, लिभरपुल नेपाली समाजका प्रवक्ता शिवराज पन्त, कोषाध्यक्ष देउमान इजम, हरि अर्याल, लगायतले बिधान बमोजिम भेला बोलाउन आब्हान गरे पछि समिति गठन हुन् सकेन ।
भेलामा बोल्ने बक्ताहरुले बिधान बमोजिम समिति गठन गर्न माग गरे पछि गोपाल अधिकारीलाई पुन: भेला बोलाउन संयोजक तोकिएको छ । कार्यक्रममा, प्रा.डा. पदम सिंखडा, डा. पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, एनआरएन अभियन्ता दयानिधि सापकोटा, महासचिव आरके त्रिपाठीले वेल्स,परिषदका अध्यक्ष रामचन्द्र पोखरेल, एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने,उपाध्यक्ष प्रेम गाहा मगर, शेर सुनार, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएन यूकेका सल्लाहकार कमल पौडेल लगायत इंग्ल्याण्ड नर्थवेस्ट क्षेत्रका नेपाली अन्तरक्रियामा सहभागी थिए ।





