ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषध फेला पारिएको हो । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका– ५ कालोपुल डेरा गरी बस्ने रामेछापका दलबहादुर खड्र, कञ्चनपुरका हरिकृष्ण भट्ट र रचना प्रसाईंको कोठाबाट रु तीन लाख मूल्य बराबरका धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट एक हजार ८०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने छ हजार २०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित