ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

पर्सा – ट्याक्टरको ठक्करबाट शनिबार बेलुका एक वृद्धको मृत्यु भएको छ ।

मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ जाँदै गरेको ना १ त २७०७ नं को ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्याक्टर र त्यसका चालक बहुदरामाइ नगरपालिका–६ का इजहार मियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

उहाँले मृतक दुसाधको शव परिक्षणका लागि वीरगन्ज ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित