गोर्खा अनलाइन रेडियो यूके,
कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार राती सम्पन्न रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि पोखराका सी.डी. विजय अधिकारीले हात पारेका छन् । उक्त फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । विजयी घोषणा गर्नको लागि चर्चित हाँस्य जोडी धुर्मुस सुन्तलीको उपस्थिती रहेको थियो भने सुन्तलीले पहिलो द भ्वाइस अफ नेपालको घोषणा गरिन् । चर्चित कलाकार सुन्तलीले अधिकारी सोअघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर प्राप्त गरेका छन् । दर्शकबाट पाएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । विश्वका १९२ भन्दा बढी देशहरुमा सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भएको छ ।





