गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी र बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजबीच भेटघाट भएको छ ।शुक्रवार लन्डन स्थित रोयल मेलिटरी एकेडमीमा भएको भेटमा राजकुमार विलियमले नेपालमा भुकम्प पछिको पुनर्निर्माणको बारेमा भएको प्रगतीको बारेमा चासो राखेका थिए । राजदुत सुबेदीले नेपाल सरकारका तर्फबाट पुनर्निर्माणमा भएको प्रगतिको जानकारी राजकुमार विलियमलाई गराएका थिए । पुनर्निर्माणमा भएको प्रगति राजकुमार विलियम सन्तुष्ट रहेको जानकारी राजदूत सुवेदीले ट्वीटर मार्फत जनाएका छन् । साथै नेपालको पर्यटन क्षेत्रको बारेमा अवगत गराएको समेत राजदूत सुवेदीली जानकारी गराएका छन् ।





