आकाशे पुलको सम्भाव्यता अध्ययन

ललितपुर । ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। बोलपत्र आह्वान पछि कुन कुन ठाउँमा पुल आवश्यक छ भन्नेबारे अध्ययन गरिनेछ ।

अहिले सवारीसाधनको चाप बढी भएका स्थानमा निर्माण गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययनले देखाउनेछ । उनले भने, “अध्ययनपश्चाप् कुन ठाउँमा पुल बनाउन सकिन्छ भन्ने थाहा हुन्छ र त्यसैका आधारमा काम अघि बढ्नेछ ।”

सवारीसाधनको चाप बढ्दै जाँदा नगरमा पुलको आवश्यकता महसुश भएको महर्जनले बताए । सवारीसाधनको चापका कारण चालकसँगै यात्रु हैरान छन् । चक्रपथमा आठ लेनको बाटो बन्दा पनि भित्री बाटोका कारण जाम नहटेको महर्जन बताउँछन् ।

पुल्चोकबाट कुपण्डोलसम्म, चापागाउँ दोबाटो, सातदोबाटो, ग्वार्को, नख्खुलगायत चक्रपथबाहिरका बस्तीलाई चक्रपथसँग जोड्ने स्थानमा पुलको बढी खाँचो छ ।

पुल्चोकबाट कुपण्डोलसम्म पुल फ्लाई ओभर०का लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले चासो देखाएको महर्जनले बताए । उनले भने “जाइकाले चासो देखाएको छ ।” नगरभित्र चक्रपथमा तीन र पुल्चोकमा एउटा आकाशे पुल रहेको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित