पत्रकार महासंघ यूकेद्वारा बृहत अन्तरक्रिया कार्यक्रम गरिदै

गोर्खा अनलाइन रेडियो यूके,

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । सर्वप्रथम अन्तरक्रिया कार्यक्रमको थालनी साउथ ईस्ट लण्डनको नेपाली समुदायसंग गर्ने भएको छ । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरुमा पुगेर स्थानीय समुदायसंग अन्तरक्रिया गर्ने योजनाअनुरुप पहिलो कार्यक्रम यहि डिसेम्बर १६ तारिख आइतबार साउथ ईस्ट लण्डनमा गर्न लागिएको हो । प्लमस्टिड स्थित गेसो हल (चौतारी रेष्टुरेन्टसंगै ) मा मध्यान्ह १२ बजेदेखि दिउंसो ३ बजेसम्मको लागि कार्यक्रम निर्धारित छ ।

र्यक्रमका संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार अन्तरक्रियामा साउथ ईस्ट लण्डनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, बुद्धिजिवी, व्यवसायीहरुका साथै बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सहभागिता रहनेछ ।
समुदाय र पत्रकारहरुबीचको सम्बन्ध सुदृढ गर्ने, आपसी सहकार्य गर्ने, व्यवसायिक पत्रकारिताको विकासमा सहयोग गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित रहने संयोजक अर्यालले जनाए ।

अन्तरक्रियाको सुरुमा बिबिसीमा कार्यरत अग्रज पत्रकार भगिरथ योगीले कार्यक्रमको विषयवस्तु तथा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अन्तरक्रियाका सबै सहभागीले सम्बन्धित विषयमा पालैपालै आफ्नो विचार व्यक्त गन मौका पाउनेछन् । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका पूर्व अध्यक्ष समेत रहेका युनिभर्सिटी कलेज लण्डन (युसिएल) का एशोसिएट प्रोफेसर डा तेजेन्द्र फेरालीले अन्तरक्रियामा व्यक्त विचारहरुमाथिको टिप्पणीसहित विश्लेषण प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा व्यक्त सुझावहरु निश्र्षकका रुपमा प्रस्तुत गरिनेछ ।

शाखाका अध्यक्ष नरेश खपांगी मगरले अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि साउथ ईस्टस्थित नेपाली समुदाय र बेलायतमा कार्यरत सबै पत्रकारहरुलाई आव्हान गरेका छन् । समुदाय र पत्रकारहरु एक अर्काबाट के कस्ता अपेक्षा राख्छन् ? उनीहरुबीच के कसरी सहकार्य हुन सक्छ ? दुवै पक्षबाट एक अर्कालाई के कस्तो सहयोग हुन सक्छ ? भन्ने जस्ता विषयमा पत्रकार र समुदाय संगै बसेर गरिने छलफल उपयोगी बन्ने उनको विश्वास छ ।
कार्यक्रमका लागि साउथ ईस्टस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायबाट गरी झण्डै १ सय जनालाई निमन्त्रणा पठाइसकिएको शाखाका महासचिव सञ्जयभक्त कंडेलले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित