गोर्खा अनलाइन रेडियो यूके,
काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको महिनौं बितिसक्दा पनि सरकारले दोषी पत्ता नलगाई नक्कली अपराधी खडा गरेर जनताको आँखामा छारो हाल्ने प्रयास गरिरहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत शनिबार अपराधी पत्ता लगेको बताउँदै छिट्टै सार्वजनिक गर्ने जनाएका थिए । तर ती किशोरहरूलाई नक्कली अपराधी सावित गर्ने सरकारी प्रयास तुहिएको छ । जुन दिन निर्मला पन्तलाई बलात्कार गरी हत्या गरिएको थियो, त्यस दिन उनीहरू कुखुरा चोरेको अभियोगमा प्रहरी कार्यालयको हिरासतमा रहेको तथ्य खुलेको छ । यसअघि पनि प्रहरीले मानसिक समस्या भएका एक युवकलाई शारीरिक यातना दिएर साविती बयान गराएको थियो । संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ । फोटो साभार अनलाइन





