साङ्लोमा बाँधिएका चौधरीको उद्धार

सप्तरी। बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ। राससकाे यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार पीडितको उद्धार भएको हो।

अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ का चौधरीलाई हेटौँडास्थित आश्रम लगी उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए। आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी र साधक सन्त लामाले साङ्लो खोली चौधरीलाई लिएर हेटाैंडा गएका हुन्।

उद्धारका समयमा प्रतिनिधिसभा सदस्य सरीता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नं १ का अध्यक्ष सुशील चौधरी, वडा नं ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि पोखरेललगायत पीडितको घर पुगेका थिए।

उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाथ थिए।
बड्तौलाका अनुसार चौधरीलाई मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीबाट नियमित उपचार गराउनुपर्ने बताए। लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा दासले उमाकान्तको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गर्नुपर्ने बताए।

तीन छोरी र मानसिक रोगी श्रीमान्को जीविकोपार्जनका लागि अर्काको खेतमा दिनरात मजदुरी गर्दै आएकी पीडितकी श्रीमती सुशीलादेवी चौधरीले आर्थिक अभावले पतिको उपचार गर्न नसकिएको स्थितिमा सहयोग मिलेको बताइन्।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित