प्रहरीकाे गाेली लागेर राजन डन घाइते

काठमाडौँ -प्रहरीकी गाेली लागेर ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् । प्रहरी र डाका समूहबीच काठमाडौँको कालोपुल धोबिखोला करिडोरमा शुक्रबार दिउँसो मुडभेट भएको थियो । मुडभेट क्रममा प्रहरीले गोली प्रहार गरेर डाँका मुद्दाका फरार लिम्बुलाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले एक राउण्ड गोली हानेर लिम्बुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएका थिए । प्रहरीले लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद गरेको जनाएको छ। लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त हुन् । मिटर ब्याजमा समेत संलग्न उनलाई पक्राउ गर्ने क्रममा टोलीले खुट्टामा गोली हानेको छ। एक राउन्ड गाेली प्रहार गरिएकाे भनिएपनि लिम्बुकाे दुवै खुट्टामा गाेली लागेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित