६० वर्षीय वृद्ध दश दिनदेखि बेपत्ता

बेझाड- पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता हुनुभएको छ ।

मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी जानुभएको र बैंकमा काम सकिएपछि हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ । आफन्त छरछिमेककहाँ खोजी गर्दा अहिलेसम्म फेला पर्न नसकेको स्थानीयवासी ज्ञानबहादुर गाहाले बताउुभयो । चार दिन अगाडि सिलुवाको विद्युत् सवस्टेशन अगाडि नेपाली नगारिकता, मेघा बैंकको चेकबुक र पासपोर्ट साइजको फोटोसहितको झोला फेला परेको उहाँले बताउनुभयो ।

उहाँकी श्रीमती उपचारका क्रममा भारतमा रहनुभएको र बुहारी, नाति नातिनीको साथमा बस्दै आउनुभएको थियो । करीब साढे पाँच फुट अग्लो, गहुँगोरो, माथिल्लो ओठमा कालो कोठी भएको, पहेँलो धर्का भएको निलो ज्याकेट, कालो पाइन्ट, चप्पल लगाएका वृद्ध प्रेमबहादुर सार्कीलाई खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ ।
लोकान्तर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित