लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ – काठमाडौँ चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

जाँचका क्रममा झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७२ नंको बसमा यात्रारत भुलेजको झोलाबाट ३० एम्पुल फेनारगन, २९ एम्पुल लुफिजेसिक र ३१ एम्पुल डाइजापाम बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै धनगढीबाट काठमाडौँ आउँदै गरेको ना५ख ९४०६ नंको बसमा यात्रारत खनालको झोलाबाट नाइट्रोभेट ट्याबलेट ३०० थान फेला परेको क्षेत्रीले जानकारी दिनुभयो । उनीहरुलाई थानकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित