Home > Blog > लन्डनमा छक्का पन्जा ३ को पुन प्रदर्शन

लन्डनमा छक्का पन्जा ३ को पुन प्रदर्शन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, चर्चित हाँस्य सिरिज नेपाली ‘चलचित्र छक्का पन्जा ३’ को लन्डनमा पुन प्रदर्शन हुने भएको छ । यस अघि पनि उक्त चलचित्र दशैंको अवसर पारेर सफल प्रदर्शन गरिसकिएको छ । नेप्लिज इन्टरटेनमेन्ट यूकेको आयोजनामा उक्त चलचित्रलाई यहि डिसेम्बर २२ तारिख शनिबारका दिन लन्डनको ग्रीन्फोर्ड टाउन पुन प्रदर्शन गर्न लागिएको आयोजक मध्यका विरेन खड्काले जानकारी दिएका छन् । छक्का पन्जा २ ले नेपाली बक्स अफिसमा १४ करोड ग्रस कलेक्शन गरेको थियो भने छक्का पन्जा ३ ले उक्त रेकर्डलाई पनि तोड्न सफल भएको छ । फलस्वरूप नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक कमाउने सिनेमाको तीनवटै सूचीमा छक्का पन्जाको ३ ओटै सिरिज परेका छन् । नेपाली फिल्ममा ५१ दिनको किर्तिमानलाई दुर्लभ मान्ने गरिन्छ र छक्क पन्जा ३ ले पनि विभिन्न हलहरुमा सफलतापूर्वक ५१ दिन नाघाएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित यो चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, लक्ष्मी गिरी, किरण केसी, शिवहरी पौडेल, अनुराग कुँवर, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । यस अघिका छक्का पन्जाका सिक्वेलहरुमा हास्य व्यंग्यलाई मात्र प्राथामिकता दिइएको भएपनि यसपटकको चलचित्र भने चलचित्र संदेशमूलका पनि रहेको बताइएको छ । चलचित्र छक्का पन्जा ३ लाई विदेश प्रदर्शन (ओभेसिज राइट्स) का लागि हाइलाइट्स नेपालले १ करोड मूल्य तिरेको छ । यस चलचित्रलाई बेलायतका अन्य विभिन्न भागहरुमा पनि प्रदर्शनी गरिने आयोजक आयोजकले बताएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1