काठमाडौं । काठमाडौंको गोंगबुमा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
गल्कोपाखाबाट गोंगबुतर्फ जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रोबसले ठक्कर दिँदा झापाको केचनाकवल ३ घर भई हाल गोंगबु बस्दै आएकी ३ वर्षीया जिया यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडक पार गर्ने क्रममा माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
माइक्रोबस र चालक बालाजु बस्ने ३४ वर्षीय सुजन महर्जनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
डिसी नेपाल





