Home > Blog > एकै ठाउँमा १६ ‘मजदूर’ मृत अवस्थामा भेट्टिए

एकै ठाउँमा १६ ‘मजदूर’ मृत अवस्थामा भेट्टिए

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

वामेना, इन्डोनेसिया । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ। पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन्।

मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ।

अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गत आइतबार विद्रोहीले उक्त हिंसा गरेको हुनसक्ने प्रहरीले थियो। घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिए।

मृत्यु भएकाहरूको पहिचान सुरक्षाकर्मीहरूले खुलाएका छैनन् भने उनीहरू कसरी मारिएका थिए भन्ने बारेमा पनि जानकारी दिइएको छैन। स्थानीय सञ्चारमाध्यमहरूले उक्त घटनामा २४ देखि ३१ जनासम्मको मृत शरीर भेटिएको समाचार संप्रेषण गरेका छन्।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1