समितिको निर्देशनपछि पशुपति वृद्धाश्रमको समस्या समाधान

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको निर्देशनमा पशुपति वृद्धाश्रममा देखिएका समस्या समाधान भएको छ ।

समितिका सभापति निरुदेवी पालको संयोजकत्वमा गएको टोलीले गत असोज २१ गते पशुपति क्षेत्रभित्र रहेका वृद्धाश्रमको निरीक्षण अवलोकन गरेका थिए ।

सो अवसरमा वृद्धाश्रमले खानेपानीको समस्या, वातावरण नै दुर्घन्धित पार्ने गरी बनाएको सार्वजनिक शौचालय, नागरिकता तथा वृद्धाश्रम बनाउन आवश्यक जग्गाको समस्या रहेको जनाएको थियो ।

सभापति पालले वृद्धाश्रममा देखिएको समस्या समाधानका लागि समय तोकेर नै सम्बन्धित निकायलाई निर्देशन दिएपछि उक्त स्थानमा खानेपानीको व्यवस्थापन भएको छ भने दुर्घन्धित रुपमा रहेको सार्वजनिक शौचालय बन्द गरिएको छ ।

वृद्धाश्रममा बसोबास गर्दै आएका १६३ वृद्धवृद्धाको नागरिकता नभएका कारण सरकारी सेवासुविधाबाट समेत वञ्चित हुनु परेको गुनासोका सम्बन्धमा गृहमन्त्रालयले काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्न लिखित जानकारीसमेत पठाइसकेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित