घुस लिएको अभियोगमा सेवाबाट निलम्बन

भद्रपुर । झापाको चारआली प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्की घुस लिएको अभियोगमा सेवाबाट निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रसनी कार्कीले जिल्ला प्रशासन कार्यालयबाट तारेखमा रिहा भएका मेचीनगर नगरपालिका–१३ का यादव भट्टाराईसँग आफूले छुटाइदिएको भन्दै सोमबार रु १५ हजार घुस लिएका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा भट्टाराईविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयले रु आठ हजार धरौटीमा भट्टाराईलाई आइतबार रिहा गरेको थियो । घुस लिएको हल्ला फैलिएपछि कार्कीले हिजै सो रकम फिर्ता गरेका थिए ।

घुस लिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले प्रसनी कार्कीलाई स्पष्टिकरण सोधेको थियो । प्रारम्भिक छानबिनबाट सो घटनामा प्रसनी कार्कीको सङ्लग्नता देखिएका कारण आजै पदबाट निलम्बन गरी आवश्यक अनुसन्धान कारवाही अघि बढाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित