बारा । प्रहरीले बाराबाट एक जना १० वर्षदेखि फरार रहेका हत्याका अभियुक्त पक्राउ गरेको छ ।
संखुवासभा जिल्ला अदालतको २०६५ मंसिर ८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ वस्ने राजकुमार गोलेलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गोलेलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाएको छ ।
डिसी नेपाल





