स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दै आएका छन्।

अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउछन्। मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै नेपाल फर्किएको बताउँदै उनले त्यहाँका विभिन्न अनुभवलाई यही उपयोग गर्ने बताए।

“यहाँको जीवन वास्तवमै खुशी र सुखी छ, विदेशमा गरेजस्तै श्रम यहाँ गर्ने हो भने प्रत्येकले राम्रोसँग जीवनयापनका साथै वचत पनि गर्न सक्छ, जुन विदेशमा कठिन छ”, उनले भने। विदेशमा दुःख गरेर कमाए पनि त्यो त्यही खान र बस्न ठिक्क हुने उनको अनुभव छ। नेपालमा प्राङ्गारिक उत्पादनका प्रचूर सम्भावना रहेको बताउँदै उनले यहाँका खाली जग्गा र फाँटमा विभिन्न जातका तरकारी तथा फलफूल लगाएर आम्दानी गर्न सकिने बताए।

आफूले टाढापानीमा सञ्चालन गरेको होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्टमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उनले बताए। पदयात्रा पर्यटन क्षेत्रमा युवाका लागि धेरै सम्भावना छ। पदयात्रा गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरेको उनको होटेलमा ४५ बेड छ। “पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पु–याउनै सकिँदैन,” उनले भने। पछिल्लो समयमा पदयात्राका लागि बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणका कारण होटेलमा बाह्रै महीनाजसो पर्यटक भरिने गरेको उनले बताए।

पछिल्लो समयमा पदयात्रा क्षेत्रका विभिन्न स्थानमा युवा होटल व्यवसायमा लागेका छन्। पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गर्दै आएकी प्रियङ्का गुरुङ पदयात्रामा आन्तरिक पर्यटक बढेजस्तै होटेल तथा व्यवसायमा युवा सक्रियता पनि उत्तिकै बढिरहेको बताउछिन्। अन्नपूर्ण सेरोफेरोअन्तर्गतका पदयात्रा मार्गमा आयआर्जनका धेरै विकल्प रहेको अर्का स्थानीयवासी वनवीर गुरुङले बताए।

रोजगारीको खोजीमा विदेशिने युवाका लागि यहीँ नै धैरै सम्भावना रहेको बताउँदै उनले यस क्षेत्रमा चौरीपालन पनि आयआर्जनको ठूलो विकल्प भएको उल्लेख गरे। “मैले झण्डै २१ वर्षयता चौरीपालन गर्दै आएको छु, यसबीचमा अधिकतम ४८३ वटासम्म चौरी पालेँ”, उनले अनुभव सुनाए, “चौरीपालनका धेरै सम्भावना छन्, युवालाई यसतर्फ आकर्षित गर्न अझै सकिएको छैन ।”

सरकारले युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा उनको जोड छ। पदयात्रा पर्यटनका क्षेत्रमा काम गर्दै आएको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान०मा क्रियाशील पदाधिकारी तथा सदस्य विभिन्न कार्यक्रमका क्रममा विदेश गए पनि त्यहाँका अनुभवलाई लिएर विदेश मोह त्याग्दै स्वदेशमै फर्की काम गर्ने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए।

उनका अनुसार पदयात्रा पर्यटन क्षेत्रमा विदेशभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच युवामा बढ्दै गएको छ। नेपालको पदयात्रा पर्यटनमा प्रचूर सम्भावना रहेका कारण युवा शक्तिलाई आकर्षित गरी आय आर्जन गर्ने अवस्था निर्माणमा सरकारको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित